पूर्वगृहमन्त्री एवम् एमाले नेता रावलको प्रश्न– लामिछाने र सिरोहियालाई किन फरक फरक कानून लागू ?

काठमाडौं । नेकपा (एमाले)का नेता एवम् पूर्वगृहमन्त्री भीम रावलले नागरिकताको विषयमा गृहमन्त्री रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई किन फरक फरक कानून भनेर प्रश्न उठाएका छन् ।

बुधबार सामाजिक सञ्जाल एक्समार्फत नेता रावलले नेपालको कानून विपरित दुई वटा नागरिकता र दुई वटा राहदानी बोक्ने लामिछानेलाई किन केही कारबाही भएन ? भनेर प्रश्न गरेका छन् । उनले सिरोहियालाई नागरिकता वितरणमा विवरण फरक परेको बहानामा पक्राउ गर्ने तथा लामिछानेलाई पक्राउ नगरेकोमा आक्रोश पोखेका हुन् ।

उनले भने, ‘गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानून विपरीत विदेशको समेत गरी दुई नागरिकता र राहादानी हुँदा केही कार्वाही नगर्ने तर, कैलाश सिरोहियालाई दुइटा नागरिकतामा ‘विवरण फरक परेको’ भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने ! के मन्त्री र अरूका लागि फरक–फरक कानून छ ? कानूनी राज्यको उपहास !’

Published : Wednesday, 2024 May 22, 6:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया