एमाले नेता एवं मन्त्री महासेठसँग ‘मुर्छा’ पर्ने पैसा र सम्पत्ति, अधिकांश सम्पत्ति पत्नीको नाममा

काठमाडौं । एमालेका नेता समेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग अर्बौंको सम्पत्ति देखिएको छ ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटबाट सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार मन्त्री महासेठको नाममा जनकपुर उपमहानगरपालिकामा १ बिघा १५ कठ्ठा जग्गा रहेको छ । महासेठको बैंक ब्यालेन्स २ करोड २५ लाख देखिएको छ । यो रकम पैतृक सम्पत्ति बेचेर आर्जन गरेको मन्त्री महासेठले दाबी गरेका छन् ।
मन्त्री महासेठसँग ४३ तोला सुन रहेको छ । उनीसँग १.५ किलो चाँदी पनि रहेको भेटिएको छ ।
मन्त्री महासेठकी श्रीमती जुलीकुमारी महतोको नाममा फइनान्स, लघुवित्त, बैंक गरी २ करोड ५० लाख नगद र ५ लाख सेयर रहेको छ ।
एमालेकी नेतृ एवम् सांसद जुलीकुमारीको नाममा जनकपुर उपमहानगरपालिमामा ३ कठ्ठा, ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाम जमीन रहेको छ ।
जुलीकुमारीको नाममा धनुषामा ७ बिघा ३ कठ्ठा, सिन्धुलीमा ४ कठ्ठा, ललितपुरमा १ रोपनी ७ आना, धनुषामा ३ कठ्ठा ११ धुर रहेको विवरणमा उल्लेख छ ।
मन्त्री महासेठकी पत्नी जुलीकुमारीको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाखको सेयर रहको देखिएको छ ।




बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया