सहकारी ठग र टि इस्टेटका दोषीलाई कारबाही मागसहित तरुणद्वारा राँके जुलुस प्रदर्शन

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछाने र गिरिबन्धु टि इस्टेटको ४३४ बिघा जग्गा घोटामा परेका तत्कालीन प्रधानमन्त्री केपी ओलीविरुद्ध नेपाल तरुण दलले राँके जुलुस प्रदर्शन गरेको छ ।

मंगलबार साँझ काठमाडौंको महाराजगञ्जमा तरुण दलका केन्द्रीय सदस्य रत्न महर्जनको नेतृत्वमा राँके जुलुस प्रदर्शन भएको केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलले बताएका छन् । सहकारी ठग र गिरिबन्धु टि इस्टेटको जग्गा घोटाला प्रकरणका दोषीलाई कारबाहीको माग राखेर राँके जुलुस प्रदर्शन गरिएको पोखरेलले बताए ।

तरुणहरूले प्रदर्शनका क्रममा गृहमन्त्री रवि लामिछानेको राजीनामा पनि माग गरेका छन् । उनीहरूले सहकारीपीडितलाई न्याय दे, सहकारी ठगलाई कार्वाही गर भन्ने जस्ता नारा लगएका छन् ।

तरुण दलले यसअघि सोमबार काठमाडौंको बत्तीसपुतलीमा राँके जुलुस प्रदर्शन गरेको थियो । तरुण दलले सहकारी ठग र गिरिबन्धु टि इस्टेटको जग्गा प्रकरणलाई लिएर सडक प्रदर्शन गर्दै आएको छ ।

Published : Tuesday, 2024 May 21, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया