लुम्बिनी प्रवाहले विश्वमा लुम्बिनीलाई चिनाउन सहयोग गर्नेछ : उपाध्यक्ष डा.लामा

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा.ल्हारक्याल लामाले ‘लुम्बिनी प्रवाह’ले विश्वमा लुम्बिनीलाई चिनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

लुम्बिनीमा लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको पुस्तक विमोचन तथा छात्रवृत्ति वितरण कार्यक्रमलाई सम्बोधन गर्दै डा.लामाले बुद्धकालीन सभ्यतासँग जोडिएको लुम्बिनी प्रवाहले सम्पूर्ण लुम्बिनी क्षेत्रलाई पुस्तकमा उतारिएकोमा खुसी व्यक्त गरे ।

विद्वानहरू, संस्कृति तथा पुरातत्वसम्बन्धी विज्ञहरूसहितको सहभागितामा अनुसन्धानमुलक सामग्री बनेकोमा डा.लामाले खुसी व्यक्त गरेका छन् ।

लुम्बिनी प्रवाहले लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह (पण्डितपुर) लगायत क्षेत्रहरूको महत्वलाई उजागर गरेको उपाध्यक्ष डा.लामाले बताएका छन् ।

आगामी दिनमा थेरवाद, महायान र बज्रयान सम्प्रदायमा बुझ्ने गरि यस्तै पुस्तक प्रकाशन गर्न समेत उनले आग्रह गरेका छन् ।

बुद्धदर्शनबारे गहिरो अनुसन्धान र अभ्यास गरेर पुस्तकहरू प्रकाशन गरेमा व्यक्तिगत रुपमा सहयोग गर्ने प्रतिबद्धता समेत डा.लामाले व्यक्त गरेका छन् ।

लुम्बिनी बौद्धविश्वविद्यालय र लुम्बिनी विकास कोष एक सिक्काको दुईपाटा रहेको भन्दै उपाध्यक्ष डा. लामाले विश्वविद्यालयका प्राध्यापक, शिक्षक कर्मचारी र विद्यार्थीको थप उच्च मनोबल बनाएर सिर्जनशील हुने बताए ।

डा.लामाले छात्रवृत्ति लगायतको कार्यक्रमलाई अगाडि बढाउने समेत बताएका छन् ।

कार्यक्रममा बीटीएम छैटौँ सेमेस्टरका विद्यार्थीलाई प्रमाणपत्रसहितको सम्मान समेत गरिएको छ । क्याम्पस प्रमुख डा.निरबहादुर गुरुङ, डा.विमलेन्द्र कुमार, फनिन्द्रकुमार न्यौपानेले किताब सफलताको शुभकामना सहित छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई बधाई व्यक्त गरेका छन् ।

Published : Tuesday, 2024 May 21, 11:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया