भंगालबाट सुनको सिक्री लेटेर भागेका राधेश्याम पक्राउ
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/05/Radheshyam-Saha.jpg?resize=810%2C510)
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२ स्थित माथिल्लो भंगालबाट सुनको सिक्री लुटेर भागेका २० वर्षीय राधेश्याम साहलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको मौलापुर घर भएर बुढानीलकण्ठ बस्ने साहले जेठ ३ मा बाटोमा हिँडिरहेकी ५६ वर्षीय सुमित्रा श्रेष्ठको सिक्री लुटेर भागेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । साहले साढे १ तोलाको सिक्री लुटेका हुन् ।
सीसीटिभी फुटेजको आधारमा अनुसन्धान गरेर उनलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् । उनीमाथि प्रहरी वृत्त महाराजगन्जले चोरी तथा डाँकासम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
Published : Monday, 2024 May 20, 11:22 pm
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया