केपी बा र प्रचण्डका चर्चित काण्डमा गृहमन्त्री लामिछाने माैन, कांग्रेससंग धम्की र प्रतिशोधमै गए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका नेताहरूविरुद्ध धम्कीको भाषा बोल्दै छानविन गरेर फसाइदिन्छु भन्ने जस्ता अभिव्यक्ति दिएका छन् ।

सहकारीको करोडौं रकम अपचलन र ठगी गरेको अभियोग लागेका गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानविन समितिको माग गरिरहेको छ । कांग्रेसले समितिको माग गरेपछि निकै तनाबमा परेका लामिछानेले कांग्रेसका नेताहरूविरुद्ध निरन्तर धम्की दिए । राणा, राजासँग नडराएको कांग्रेस र कांग्रेसका नेताहरू अमेरिकामा भाँडा माझेर आएको फुच्चेसँग किन डराउँथ्यो र ?

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोलेका लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ भन्दा बढी प्रश्न गर्नेहरूमाथि प्रश्न गरेका छन् ।

लामिछानेले आफूमाथि राज्यका निकायले कहीँ कतै छानबिन, अनुसन्धान र अभियोजन नगरेको दाबी गरेका छन् ।

उनले भने, ‘सहकारीको विषयमा अदालतमा कहीँकतै मुद्दा छैन । मैले बारम्बार भन्दै आएको छु–कहीँ, प्रतिवादी छैन । कसैको बयानले मलाई पोलेको छैन ।’

लामिछानेले आफू कुनै पनि सहकारीको सञ्चालक र सदस्य नभएको बताएका छन् । लामिछानेले भने, ‘उसले मलाई कहीँकतै मुद्दा नभएको, अभियोग नभएको पत्र दियो ।’

गृहमन्त्री लामिछानेले सत्तारुढ दल र तीनका नेताहरूबारे उठ्दै आएका चर्चित मुद्दाहरुबारे नामै लिएनन् । कांग्रेस बाहेक एमाले, माओवादी केन्द्र लगायतका शीर्ष नेताहरू नै जोडिएका धेरै ठूला अनियमितताका मुद्दा छन् ।

झापाको बिर्तामोडमा गिरिबन्धु टी इस्टेटको जग्गा सट्टाभर्ना भ्रष्टाचार प्रकरणबारे तत्कालीन प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओली परेका छन् । ४३४ बिघा जग्गा भ्रष्टाचारमा मुछिएका ‘केपी बा’का बारेमा लामिछानेले एकशब्द पनि उच्चारण गरेका छैनन् ।

सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि गिरिबन्धु टी इस्टेटको जग्गा अहिले चर्चाको केन्द्रमा छ ।

तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटा मुछिएको ७० करोडको अडियो टेप प्रकरण पनि सम्बन्धमा पनि लामिछाने बोलेका छैनन् ।

कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिदका क्रममा भएको ओम्नी प्रकरण, गोकर्ण फरेष्ट रिसोर्टको जग्गाको लिज अवधि बढाउने विवादास्पद निर्णय, नेपाल ट्रष्टको जग्गा यति समूहलाई दिने निर्णयका सम्बन्धमा पनि गृहमन्त्री लामिछानेले बोलेनन् ।

माओवादीको लडाकु भत्ता अनियमितता प्रकरणमा पनि गृहमन्त्री लामिछाने बोलेका छैनन् । लडाकुको भत्ता प्रकरणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिलेसम्म टुंग्याएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत जोडिएको नेपालको टेलिकम उद्योगसम्बन्धी अन्तर्राष्ट्रिय चर्चामा रहेको भ्रष्टाचार प्रकरणबारे समेत लामिछानेले केही बताएनन् । बेलायती खोज पत्रकारले आफ्नो पुस्तक कुकुल्याण्ड मार्फत यो प्रकरण बाहिर ल्याएका थिए ।

ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अनुसन्धान भएको विषयमा प्रश्न उठेको थियो । बालुवाटार जग्गा प्रकरणमा जोडिएका नेपालवारे पनि गृहमन्त्री लामिछानेले केही बोलेनन् ।

Published : Sunday, 2024 May 19, 11:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया