नगदसहित गोदावरी फुटबलको उपाधि काठमाडौंले जित्यो

गोदावरी । काठमाडौं महानगरपालिकाले प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार गोदावरी नगरपालिकाको आयोजनामा गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा सम्पन्न फाइनलमा चन्द्रागिरि नगरपालिकालाई २–१ गोलले हराएर काठमाडौं महानगरले उपाधि उचाल्यो ।

काठमाडौंबाट अखिलेश कार्की र दीपेश श्रेष्ठले १–१ गोल गरेका छन् ।

काठमाडौंले ५ लाख र चन्द्रागिरिले ३ लाख रुपियाँ पुरस्कार जितेका छन् । फाइनलमा म्यान अफ द म्याच काठमाडौंका अखिलेश भए ।

सर्वोत्कृष्ट खेलाडी काठमाडौंका एरिक विष्ट भए । उनले ३० हजार रुपियाँ पुरस्कार पाए ।

फेयर प्ले ट्रफीसहित महालक्ष्मी नगरपालिकाले ५० हजार पायो । सर्वाधिक गोलकर्ता कीर्तिपुरका यमन मर्हजन भए । उनले ६ गोल गरेका थिए ।

इमर्जिङ प्लेयर गोदावरी बी टिमका पासाङ तामाङ भए । उत्कृष्ट गोलरक्षक काठमाडौंका सुदीप गिरी चुनिए ।

उत्कृष्ट डिफेन्डर चन्द्रागिरिका साहिल राना र उत्कृष्ट प्रशिक्षक काठमाडौंका प्रशिक्षक सन्तोष न्यौपाने भए । विधागत उत्कृष्टले जनही २५ हजार रुपियाँ पाए ।

Published : Saturday, 2024 May 18, 11:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया