टोले गुण्डाको शैलीमा केपी ओलीले कांग्रेसका सांसदलाई आक्रमण गर्न खोजेपछि गगन थापाले के भने ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी ओलीले कांग्रेसका सांसदहरुलाई आफ्नो कार्यकर्ता ठानेको भन्दै कांग्रेसका सांसदहरुलाई त्यस्तो नगर्न चेतावनी दिएका छन् ।

बिहीबार नयाँ बानेश्वरस्थित संसद भवनमा आकस्मिक रुपमा थापाले पत्रकार सम्मेलन गरेर सभामुख देवराज घिमिरेले जबर्जस्त बैठक अगाडि बढाएपछि कांग्रेसका सांसदहरुले विरोध गरेको बताए ।

कांग्रेसले संसदमा अबरोध गरेपछि एमालेका अध्यक्ष ओलीले कांग्रेसका सांसदहरुलाई निर्देशन दिन खोजेको बताएका छन् ।

महामन्त्री थापाले संसदीय छानबिन समिति अनिवार्य सर्त भएको भन्दै समिति नबनेसम्म संसद्मा सरकारी काम, कारबाही अगाडि बढ्न नदिने बताए ।

एमालेका अध्यक्ष ओलीले कांग्रेसका सांसदहरुले नाराबाजी गरेर वेल घेराउ गरिरहेका बेला कांग्रेसका सांसद धनराज गुरुङलाई अपशब्द बोलेर कार्यकर्तालाई जस्तो निर्देशन दिएर नाराबाजी नगर्न निर्देशन दिएका थिए । तर, कांग्रेसका सांसद गुरुङले ओलीको निर्देशनको प्रतिवाद गरेका थिए ।

ओलीको बचाउमा मन्त्रीहरुका साथै एमाले, रास्वपा र माओवादी केन्द्रका मन्त्रीहरु पनि उठेर कांग्रेससँग मुठभेड गर्न खोजेका थिए । कांग्रेसले उनीहरुसँग मुठभेड गर्न चाहेन । कांग्रेसले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेको छ ।

Published : Thursday, 2024 May 16, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया