अहँकारी ओलीले जग्गा काण्ड गर्ने, कांग्रेसलाई किन दोष ?

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले आफूविरुद्ध हुने रचनात्मक आलोचना, टिकाटिप्पणी र प्रतिक्रियाहरुलाई निकै नकारात्मक रुपमा लिने गरेका छन् ।

तत्कालीन समयमा प्रधानमन्त्री रहेका बेला ओलीले झापामा रहेको गिरिबन्धु टि स्टेटको जग्गा सट्टाभर्ना दिएर जग्गा प्लटिङ गरेर बिक्री गर्ने अनुमति दिएका थिए । सर्वोच्च अदालतले ओलीले मन्त्रिपरिषदको बैठकबाट संविधान, ऐन, कानून विपरित गिरिबन्धु टि स्टेटलाई ४३४ बिघा जमीन सट्टाभर्ना गर्न दिएको निर्णय खारेज गरिदिएको थियो ।

गिरिबन्धु टि स्टेटको जग्गाको विषयमा ओलीको आलोचना भइरहेको छ । ओली नीतिगत भ्रष्टाचारमा संलग्न रहेको सर्वोच्च अदालतले पुष्टि गरेको छ । ओलीले गरेको भ्रष्टाचार गरेको विषयमा आवाज उठाउँदा एमालेका नेताहरु आगो हुनुले कम्युनिस्ट कति भ्रष्ट छन् भन्ने पुष्टि भएको छ ।

गिरिबन्धु टि स्टेटको जग्गा घोटालामा नेपाली कांग्रेस संलग्न रहेको भनेर ओलीले सार्वजनिक रुपमा आरोप लगाएका छन् । ओलीको आरोपको कांग्रेसका सभापति शेरबहादुर देउवाले खण्डन गरेका छन् ।

ओलीले गरेको भ्रष्टाचारमा कांग्रेसलाई मुछ्ने हर्कतको विरोध भइरहेको छ । ओली कति भ्रष्ट छन् भन्ने कुरा क्रमशः बाहिर आइरहेका छन् ।

कांग्रेसमाथि ओली निकै रुष्ट छन् । ओलीको हर्कत, भ्रष्टाचार र अनियमिताविरुद्ध कांग्रेसले मात्रै उठाउन सक्छ । कांग्रेसले नै ओली र एमालेको भ्रष्टाचारको भण्डाफोर गरिरहेको छ । यो कुरा ओलीलाई मन परेको छैन ।

ओलीले यती समूहलाई पनि धेरै जमीनहरु कौडीको भाउमा दिएका छन् । त्यो काण्डको फाइलहरु पनि खोल्नुपर्छ । ओलीलाई कानूनअनुसार हदैसम्म कारबाही गर्नुपर्छ ।

Published : Thursday, 2024 May 16, 3:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया