ओली-प्रचण्ड र नारायणकाजीलाई पक्राउ गरेर कारबाही गर्न गृहमन्त्री लामिछानेलाई ठूलो अवसर

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलाई काम देखाउने ठूलो अवसर आएको छ ।

दोहोरो नागरिकता र राहदानी लिएको, सहकारीको रकम ठगी गरेको लगायतका विभिन्न आक्षेपहरू व्यहोर्दै आएका लामिछानेले दुई वटा काम गरे भने उनका अन्य अपराध र पापहरू माफ हुन सक्नेछन् । सामाजिक सञ्जालमा लामिछानेलाई काम गर्ने एकैपटक थप २ अपार अवसर आएको टिकाटिप्पणी भइरहेका छन् ।

एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पक्राउ गरेर गिरिबन्धु टी इस्टेट काण्डमा कारबाही गर्ने गृहमन्त्री लामिछानेलाई सुझाव आएको छ । ओली प्रधानमन्त्री रहेका बेला झापामा रहेको गिरिबन्धुको टि इस्टेटको जमीन प्लटिङ गरेर विक्री गर्ने अनुमति दिएका थिए ।

सर्वोच्च अदालतले केही दिन अगाडि तत्कालीन प्रधानमन्त्री ओलीले गिरिबन्धु टि इस्टेटको जमीन प्लटिङ गर्न दिने र सट्टाभर्नाको निर्णयलाई अनियमितता भएको भन्दै खारेज गरिदिएको छ ।

ओलीलाई गिरिबन्धु टि इस्टेटको जमीन घोटाला प्रकरणमा पक्राउ गरेर कारबाही गर्न गृहमन्त्री लामिछानेलाई बाटो खुलेको कानूनका जानकारहरूले सुझाव दिएका छन् ।

त्यसैगरी, गृहमन्त्री लामिछानेले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्न बाटो खुलेको छ ।

सूर्यदर्शन ऋण तथा बचत सहकारी संस्था लिमिटेड पोखराको अर्बौं रकम अपचलन, हिनामिना र ठगीमा मुछिएका गितेन्द्रबाबु राई (जीबी राई)लाई भगाउने प्रधानमन्त्री दाहाललाई पक्रेर कारबाही गर्ने सुनौलो मौका रहेको छ ।

दुई दिन अगाडि गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दाहालकै गृहजिल्ला चितवनमा पत्रकारहरूसँग कुरा गर्दै जीबी राईलाई प्रधानमन्त्री दाहाल र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले भगाएको आरोप लगाएका थिए ।

आफै गृहमन्त्री रहेका लामिछानेले काम गर्ने ठूलो अवसर चुकाउनु हुँदैन । लामिछानेले गिरिबन्धु टि इस्टेटको जमीन घोटालामा एमालेका अध्यक्ष ओली र प्रधानमन्त्री दाहाल तथा तत्कालीन गृहमन्त्री हालका परराष्ट्रमन्त्री श्रेष्ठलाई जीबी राई भगाएको अभियोगमा पक्राउ गरेर कारबाही गर्न सुझावहरू आएका छन् ।

तर, सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएका गृहमन्त्री लामिछानेले एमालेका अध्यक्ष ओली र प्रधानमन्त्री दाहाल तथा तत्कालीन गृहमन्त्री श्रेष्ठलाई कारबाही गर्ने हिम्मत राख्न सक्दैनन् । लामिछाने हल्काफुल्क कुराहरू गरेर लोकप्रिय भएका व्यक्ति हुन् ।

लामिछानेलाई ओली र दाहालले बोकेर हिँडेका छन् । त्यस कारण लामिछानेबाट ओली, दाहाल र श्रेष्ठलाई कारबाही हुन्छ भनेर सोँच्नु पनि ठूलो भुल हुनेछ ।

Published : Tuesday, 2024 May 14, 9:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया