एसएसपी कार्की नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्की तोकिएको छ ।

प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिनेछ ।

Published : Monday, 2024 May 13, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया