एमाले नीतिगत भ्रष्टाचारी हो, दाेस्रो तहका १९ नेताको बेड सिनको फोटो छ : दुर्गा प्रसाइँ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाइँले एमालेका दोस्रो तहका नेताहरू बेडसिनको तस्बिरहरू आफूसँग रहेको दाबी गरेका छन् ।
सोमबार राति पत्रकार ऋषि धमलासँग ‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रमको अन्तर्वार्ताका क्रममा प्रसाइँले एमालेका दोस्रो तहका नेताको एकजनाको चार जनासम्म महिला राखेको बताए ।
उनले भने, ‘१९ जना नेताहरूको बेड सिनको फोटोहरू छन् । कांग्रेस र एमालेका । एमालेको त दोस्रो दर्जाको नेताले एउटै नेताले ४ वटीसम्म राखेका छन् ।’
‘उनीहरूको काम भनेको के रहेछ भने सर्वहारा वर्ग र भुइँ मान्छेको भोट लिने अनि माथि जाने तरुनीसँग मोज गर्ने, मस्ती गर्ने, मारबाडीसँग पार्टनरसिप गर्ने, भएको उद्योगधन्दा, कलकारखाना सबै बन्द गराउने, मारबाडीसँग भएभरको पैसा पार्टनरसिप गर्ने सबै पैसा दुबै लगे मारबाडीले अनि अहिले आएर विकास गर्छु रे ! अहिले खै विकास ?’, प्रसाइँले प्रश्न गर्दै भनेका छन् ।
व्यवसायी प्रसाइँले एमालेलाई नीतिगत भ्रष्टाचार गर्ने पार्टीको आरोप लगाएका छन् । उनले एमाले वन, सहकारी, लघुवित्त लगायतमा जोडिएको बताएका छन् ।
‘एमालेले बनाएको एउटै टावर हेर्नुस् न ? दमकमा एउटा टावर बनाएको छ’, उनले भनेका छन् ।
‘सरकारी पैसाले एमाले जस्तो नीतिगत भ्रष्टाचार गर्ने पार्टी, एमाले वनमा, लघुवित्तमा एमाले, सहकारीमा एमाले, इन्स्युरेन्समा एमाले, रि–इन्स्युरेन्समा एमाले, तुलसीलाल अग्रवालको पार्टनर एमाले, मोतीलाल दुगडको पार्टनर एमाले । कुरा बुझ्नु भो’, प्रसाइँले भने ।
‘भरतमोहन अधिकारीदेखिका पैसा मारबाडीकोमा छ । देश त टाँट पल्टियो’, प्रसाइँले भनेका छन् ।
उनले भने, ‘एमालेकै कुरा गर्ने हो भने एमालेको युवा संघ गठन गर्न के के गर्यो ? आज मैले बाहिर ल्याइदिएपछि बाहिर आयो होइन ?’
बिचार/ब्लग

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया