ईन्स्पेक्टर चन्दको शैक्षिक प्रमाणपत्र नक्कली

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी निरीक्षक (ईन्स्पेक्टर) प्रकाशबहादुर चन्दको शैक्षिक प्रमाणपत्र नक्कली रहेको ठहरसहित मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्दको शैक्षिक योग्यताको प्रमाणपत्रहरू नक्कली रहेको अभियोगसहित विशेष अदालतमा सोमबार अभियोग पत्र दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं.३६ गण हेडक्वाटर डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक चन्दले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल ऐण्ड इण्टरमीडिएट एजुकेशन यू.पी.बाट जारी भएको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सशस्त्र प्रहरी परिचर पदमा नियुक्ति लिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस पश्चातका माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेश गरी हाल सशस्त्र प्रहरी निरीक्षक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको तथा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी गरिएको छ ।

Published : Monday, 2024 April 22, 5:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया