सहकारीको समस्या समाधन कसरी गर्न सकिन्छ ? भनेर सभापति डा.राणाद्वारा कांग्रेसका नेता र विज्ञहरूसँग परामर्श

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले सहकारीहरूमा देखिएको समस्या समाधानमा कसरी अगाडि बढ्न सकिन्छ भनेर नेपाली कांग्रेसको सहकारी विभाग र विज्ञहरूसँग परामर्श गरेकी छिन् ।

शनिबार काठमाडौंको बालुवाटारमा सभापति डा.राणाले कांग्रेसको सहकारी विभागका प्रमुख देवेन्द्रराज कँडेल तथा कांग्रेस निकटका विज्ञहरूसँग परामर्श गरेकी हुन् । उनले आफ्नो समितिमा कतिपय विषयहरू सिधै आउने र निर्णय हुने हुँदा धेरै कुरा आफूले पन नबुझेको हुने हुँदा पूर्वतयारी स्वरुप सहकारीको समस्याका बारेमा छलफल गरेको बताएकी छिन् ।

नेपाली कांग्रेसकी नेतृ समेत रहेकी सभापति डा.राणाले सहकारीहरू संकटमा पर्नुमा सरकारको नियमन गर्ने निकायले नियमन गर्न नसकेको बताइन् ।

‘सहकारीलाई नियमन शून्य भएको छ । नियमन गर्ने निकायले नियमन गरेन भन्ने अवश्य छ । म एनजिओ ब्याकग्राउण्डमा आएको हो’, उनले भनिन् ।

‘२/३ करोड बजेट हुने एनजिओले पनि यति धेरै बचेर राम्रोसँग काम गर्नुपर्छ’, उनले भनिन्, ‘यो वर्ष रिन्यू भएन भने अर्को वर्ष काम गर्न पाइँदैन । त्यसलाई हेर्ने सरकारकै निकाय छ । सरकारको निकायले राम्रोसँग हेरिदियो भने यस्तो अपचलनहरू हुँदैन । यो कुरा सिक्नुपर्छ ।’

‘सहकारीलाई नियमन गर्ने जुन विभाग छ । त्यो पर्याप्त छ कि छैन ? त्यो प्रश्न पनि उठ्यो’, सभापति डा.राणाले भनिन् ।

‘सहकारीको प्राधिकरण बनाउने सुझाव पनि आएको छ । प्राधिकरण बनाउनुपर्छ जस्ता लाग्छ । यहाँ भनियो आँकडाहरू हाम्रो देशको ३ करोड जनसंख्यामा १ करोड त सहकारीमा सदस्य रहेछन् । सहकारी धेरै ठूलो क्षेत्र रहेछ’, उनले भनेकी छिन् ।

‘जो नियमन गर्न आउँछ त्यसको पनि के दोष ? त्यसलाई केही थाहा छैन होला ? कहिले ट्रान्सफर हुने ? त्यो पनि थाहा छैन’, डा.राणाले भनिन्, ‘ह्युमन नेचरमा माइनस गरेर प्रोफेश्नल रुपमा यसलाई लैजाने हो भने देशले नै फेरि सहकारीका विषयमा गम्भीर भएर सोँच्नुपर्ने हामीले देख्छौँ ।’

उनले भनिन्, ‘अरु पार्टीहरूसँग पनि हामीले यसरी छलफल गर्छौं भनेर सुझाव आएको छ । अवश्य गर्नुपर्छ होला ।’

‘हाम्रो संसदीय समितिको बैठकमा मलाई कस्तो लाग्छ भने म एनजिओ ब्याकग्राउण्डबाट आएको भएर, त्यो चाहिँ एकदमै फरमल मिटिङ हुन्छ’, डा.राणाले भनिन्, ‘एकैचोटी कुरा आउँछ, एकैचोटी निर्णय हुन्छ ।’

‘कहिले काहिँ यो निर्णय गलत हो कि सहि हो त ? यसको ब्याकग्राउण्ड लिङ्केज के हो त ? हामीले गरेको निर्णयको । कहाँ छ छलफल ? म अरु पार्टीको साथीहरूलाई पनि रिक्वेस्ट गर्छु । कुनै यस्तो फोरम हामीले अर्गनाइज् गर्छौं कि जुन अनौपचारिक रुपमा यो सबै विषयहरूलाई केलाएर हेर्ने । किन भने त्यहाँ आएर ह्वात्तै ह्वात्तै मात्रै हुन्छ’, उनले भनिन् ।

‘फेरि भोलि सरकारले कार्यान्वयन पनि नगर्ने कारण त्यो हुँदो रहेछ । कतिपय ईनप्राक्टिबेल सेलेक्सन आउँछ भनेर’, सभापति डा.राणाले भनिन् ।

‘१/२ कुरा हामी नेपाली कांग्रेसका जति पनि सदस्य छौँ समितिमा, म जस्तै यो सहकारीको बारेमा धेरै थाहा नभएको । हामीले कुन चाहिँ मार्ग लिने त ? भन्ने कुरामा धेरै सुझाव आएको छ’, उनले भनिन् ।

सभापति डा.राणाले भनिन्, ‘जो चाहिँ फसिसके, उनीहरूको के फल्ट (दोष) ? जो डुबी नै सकेका छन् । अर्बौ डुब्यो । संरक्षण कोष, कुनै कुराको सेल्फ ब्याक भयो भने त्यहाँबाट एउटा ज्ञारेन्टी जस्तो हुने । त्यसमा सरकारले पनि र जति पनि सहकारीहरू छन् उनीहरूले पनि बचत गर्ने, एउटा फण्ड बनाउनुपर्ने समय भइसकेको छ ।’

उनले राजनीतिक दलहरूसँग पनि सहकारीको समस्याका बारेमा गम्भर भएर छलफल गर्नुपर्ने समय आएको बताइन् । ‘हाम्रो समितिले भन्दा पनि नेपाली कांग्रेसको सहकारी विभागले राजनीतिक तहमा बैठक बोलाएर छलफल गर्नुपर्छ’, उनले भनिन्, ‘विभागले छलफलहरू गरेर हामीलाई सुझावहरू दिनुहुनेछ । यो कुरालाई अगाडि बढाउन धेरै सहज हुनेछ । धेरै रकम, अर्बौं रुपियाँ डुबेको सुनियो, झन् डराउने अवस्था रहेछ ।’

‘सहकारी समस्या बुझ्न एउटा ढुङ्गा हानेर कहाँसम्म जान्छ भनेर हेर्न खोजिएको हो । सहकारीको धेरै ठूलो दायर रहेछ । यसमा हामी सिरियसली लाग्छौँ’, डा.राणाले भनिन् ।

‘मेरो समितिमा अगाडि बढ्दा यो क्षेत्राधिकारको विषयमा केही जानकारी राखेर सोँच बिचार गरेर जानुछ’, उनले भनिन् ।

Published : Saturday, 2024 April 20, 3:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया