कांग्रेसले भेटघाट गरेकै बेला दाहाल–ओली–लामिछानेबीच आकस्मिक छलफल, नेपालबारे गम्भीर समीक्षा

काठमाडौं । नेपाली कांग्रेसले राजनीतिक भेटघाटहरूलाई सक्रिय बनाएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष खड्गप्रसाद ओली र रास्वपाका सभापति रवि लामिछानेबीच कुराकानी भएको छ ।
बिहीबार सिंहदरबारमा दाहालले ओली र गृहमन्त्री समेत रहेका लामिछानेसँग परामर्श गरेका हुन् । उनीहरूका बीच पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर प्रधानमन्त्री कार्यालय छलफल भएको छ ।
दाहालले ओलीसँग एक्लै परामर्श गरेका थिए । सोही बेला गृहमन्त्री लामिछाने पुगेका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गठबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीचको भेटका बारेमा पनि दाहाल–ओली र लामिछानेका बीच कुराकानी भएको बुझिएको छ ।
देउवा र नेपालको भेट भएर गठबन्धनमा संशय पैदा भएपछि सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी)लाई मुख्यमन्त्री दिन एमाले तयार भएको थियो ।
गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विषयलाई लिएर सत्ता समीकरणमा खटपट शुरू भएको आकलन छ ।
लामिछानेले भने सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् । लामिछानेले गठबन्धन झन् बलियो बनाउने प्रतिक्रिया दिएका छन् ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया