विदेशी पतिसँग २० हजारको डिनर खाने मन्त्री सुमनाको हैसियत र औकात के हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद र नेताहरू निकै स्टन्ट गर्न माहिर छन् भन्ने कुराको पुष्टि दिनदिनै गरिरहेका छन् ।

इलाम २ मा प्रतिनिधि सभातर्फ उपनिर्वाचन हुन लागेको छ । अघिल्लो निर्वाचनमा प्रतिनिधि सभातर्फ रास्वपाका उम्मेदवारको जमानत जफत भएको थियो । यस पटक रास्वपाले माओवादी केन्द्र निकटका एकजना युवालाई टिकट दिएको छ ।

ती उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्न रास्वपाले आफ्ना नेता, सांसद र मन्त्रीहरूलाई विभिन्न फण्डा गराइरहेको छ । जमानत जफत हुनबाट उम्मेदवार बचाउन रास्वपाका मन्त्रीहरू सुरक्षाकर्मी र पिएसओसहितको दलबलसहित निर्वाचनमा प्रचार प्रसारमा हिडेका छन् ।

यतिबेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फोटोमा श्रेष्ठको पाखुरामा टालेको सेतो सर्ट लगाएर इलाम–२ का मतदाताको बीचमा देखिएकी छिन् ।

मन्त्री श्रेष्ठले पाखुरामा च्यातिएको सर्ट सिलाएर लगाएको देखेपछि त्यसमाथि विभिन्न टिप्पणी आइरहेको छ । मन्त्री श्रेष्ठ च्यातिएको सर्ट लगाउने हैसियतकी महिला होइनन् । काठमाडौंको सम्भ्रान्त परिवारमा जन्मिएकी मन्त्री श्रेष्ठले विदेशी नागरिकसँग विवाह गरेकी छिन् । उनका छोराछोरी सबै विदेशमा छन् । विदेशी नागरिक पति पनि उतै बस्छन् ।
कुनै बेला एजिओको जागिरे श्रेष्ठले हरियो डलर निकै कमाइ गरेको चर्चा काठमाडौंमा छ ।

श्रेष्ठका प्रशंसकहरूले सादगी मन्त्री भनेर प्रचार गरिरहेका छन् । श्रेष्ठका विरोधीहरूले भने थप अर्को स्टन्टबाजी गरेको भन्दै आलोचना गरिरहेका छन् ।

मन्त्री श्रेष्ठले हाँस्य कलाकार धुर्मुस–सुन्तलीले गर्न नसक्ने नाटक गरेको भन्दै आलोचना भइरहेको छ ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भनेका छन्, ‘सस्तो लोकप्रियताको लागि कति नाटक गर्छौ ? अमेरिकाको एमआईटी विश्वविद्यालयको कलेज फिस ७६ लाख ५४ हजार १५२ रुपियाँ तिर्न सक्नेले एउटा ३५० रुपियाँको सट किन्न सक्दैन रे ? अनि काठमाडौंमा फेरि–फेरि गाडी चढ्ने सक्ने, एनजीओबाट महिनाको ३ लाख तलब खान सक्नेले साथै मन्त्रीको रुपमा करिब महिनाकै ९० हजार तलब खान सक्ने र काठमाडौंको ५ स्टार होटेलमा विदेशी श्रीमानसँग दिनको २० हजारको डिनर गर्नेले जाबो ३५० रुपियाँको एउटा सट किन्न सकिँदैन रे ? तिम्रो नाटक एउटाले क्यामरा बोक्ने एउटाले च्यातिएको सट घरबाट लगाएर आउने अनि फोटो खिच्ने र विदेशमा रहेका केही पैसा खाएर काम गर्ने भक्तेले फोटो हाल्ने र वाव र ग्वाउँ गर्दै भजन गाउने बिचार सोझा–सोझा इलामे जनतालाई उल्लु बनाउने यो तिम्रो नाटक घर होइन ? तिमीहरू भन्दा राम्रो नाटक त धुर्मुस सुन्तलीले पनि गर्ने सक्दैनन् ।’

रास्वपाका मन्त्रीहरू आफ्नो कामले भन्दा पनि अन्य विषयले चर्चामा आएको यो पहिलो पटक भने होइन ।

रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने विभिन्न ठगी र कीर्ते काण्डमा परेका छन् । उनकै पार्टीका अन्य नेताहरू डोलप्रसाद अर्याल, स्वर्णिम वाग्लेहरूका विषयमा विभिन्न काण्डहरू बाहिर आइरहेका बेला मन्त्री श्रेष्ठले च्यातिएको सर्ट लगाए इलाम २ को निर्वाचनमा बबाल गरेकी छिन् । उनको यो हर्कतलाई इलाम २ का मतदाताले मात्रै होइन देशभरि आलोचना भइरहेको छ ।

Published : Thursday, 2024 April 18, 11:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया