एआइजीद्वय भण्डारी र चौधरी सेवानिवृत्त, नक्सालमा बिदाइ कार्यक्रम

काठमाडौं । नेपाल प्रहरीको सेवाबाट हालै सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सन्दीप भण्डारी र मीरा चौधरीलाई बिदाइ गरिएको छ ।

बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा भण्डारी र चौधरीलाई बिदाइ गरिएको छ ।

आइजीपी बसन्तबहादुर कुँवरले एआइजीद्वय भण्डारी र चौधरीले आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गरेको योगदानको प्रशंसा गरेका छन् ।

सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारी र चौधरीले आफ्नो सेवा अवधिमा गरेका विभिन्न क्षणहरू स्मरण गरेका छन् ।

सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रीत भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत संगठनलाई सक्दो रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको उनीहरूले बताएका छन् ।

विक्रम संवत् २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारी वैशाख ५ गते सेवानिवृत्त भएका छन् ।

अतिरिक्त महानिरीक्षक चौधरी वैशाख ७ गते सेवानिवृत्त हुन लागेकी छिन् । दुवै प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेर हदको कारण अवकासमा जान लागेका छन् ।

Published : Thursday, 2024 April 18, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया