केपी ओलीले निकै पेल्न थालेपछि अध्यक्ष नेपालद्वारा सभापति देउवासँग भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बुधबार काठमाडौंमा सभापति देउवा र अध्यक्ष नेपालबीच भेटवार्ता भएको बुझिएको छ । उनीहरूका बीच के कुराकानी भएको हो केही भनिएको छैन ।

यद्यपि, एमाले र माओवादी केन्द्रले नयाँ गठबन्धनसहित सरकार बनाएका बेला देउवा र नेपालबीच भेटवार्ता भएपछि तरंग ल्याइदिएको छ ।

सभापति देउवा र अध्यक्ष नेपालबीच सुदूरपश्चिम प्रदेश सरकार, बाग्मती प्रदेश सरकार र गण्डकी प्रदेश सरकारहरूको विषयमा छलफल भएको हुन सक्ने बुझिएको छ ।

एमालेका अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजवादी)लाई निकै पेलेर अगाडि बढिरहेका छन् । यस्तो अवस्थामा नेपालले देउवासँग भेट गरेका छन् ।

Published : Wednesday, 2024 April 17, 11:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया