प्रहरीका यी १९ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, बढुवा हुने एक मात्र महिला डीएसपी शैलेश्वरी

काठमाडौं । नेपाल प्रहरीका १९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुलाई द्रज्यानी चिन्ह प्रदान गरिएको छ ।

निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरूलाई आइतबार प्रहरी हेडक्वाटरमा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

दर्ज्यानी चिन्ह पाउने डीएसपीहरूमा निर्मल पनेरू, ऋषिराम घर्ती मगर, दीपक मल्ल, धनबहादुर बोहोरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी, लक्ष्मण ओली रहेका छन् ।

शैलेश्वरी बोहरा, नवीन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरूषोत्तम कार्की, हिरेन्द्रबहादुर रोकाय, गुणराज बुढाथोकी, रामप्रसाद तिमल्सिना, भीषणबाबु राई, रूकबहादुर खड्का, रणबहादुर चन्द, राजन लामा र कमलकुमार खड्काले पनि दर्ज्यानी चिन्ह पाएका छन् ।

प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा हुनेमा एक जना मात्रै महिला परेकी छिन् । उनी हुन् शैलेश्वरी बोहरा । शैलेश्वरी कुशल प्रहरी कर्मचारी मानिन्छिन् ।

प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा सिफारिस गर्दा सिनियर ईन्स्पेक्टरहरुलाई छुटाएको भन्दै आलोचना पनि भएका छन् । कुनै बढुवा भएका कतिपय पूर्वप्रधानमन्त्री, मन्त्रीहरुको दवावमा बढुवा भएको आरोप छ ।

Published : Sunday, 2024 April 14, 7:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया