के भन्छन् दाङमा कांग्रेसका नेताहरु

घोराही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले कांग्रेसलाई देशमा घेराबन्दी गर्न सुरूआत भएको बताएका छन् ।

बिहीबार नेपाली कांग्रेस दाङको जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा गिरीले लोकतान्त्रिक पार्टी कांग्रेसको अन्तर्राष्ट्रियस्तरमा बदनाम बनाउन अन्य दलहरू लागिपरेको बताए ।

उनले सरकारमा अनैतिक र विवादित मान्छे गएको बताए । गिरीले तिनको विरोध गर्दा नेपाली कांग्रेसलाई संसद अवरोध गरेको आरोप लगाएका छन् ।

अन्तर्राष्ट्रियस्तरमा कांग्रेसको बदनाम गर्न उदत्त रहेका छन् । गिरीले भने, ‘कांग्रेसले गरेका राम्रा कामको विरोध गर्दै आफूले जस लिन लालायित रहेका छन् ।’

‘जनताका पक्षमा काम गर्ने कांग्रेसको लोकप्रियतालाई घटाउन तथानाम भन्दै हिँडेका छन्’, गिरीले भने, ‘उनीहरूलाई जवाफ दिन कांग्रेस तयार हुनुपर्छ ।’

कांग्रेस नेता गिरीले लमही–तुलसीपुर चार लेन बाटोको नयाँ ठेक्का आगामी जेठभित्रमा हुने र कामले गति लिने बताएका छन् ।

केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले पार्टीका विधानभित्र रहेका त्रुटि सच्चाएर कांग्रेसले लोकतन्त्रको पक्षमा बलियो रूपमा उभिन अपील गरेका छन् ।

केन्द्रीय सदस्य योगेन्द्र चौधरीले ग्रास रूटसम्म कांग्रेसले सङ्गठनको विस्तार र सुदृढ गर्नुपर्ने बताए ।

केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले पार्टीभित्र इतिहास नबिर्सन अपील गर्दै कांग्रेसले चुनावी गठबन्धनलाई दिमागबाट हटाउन अपील गरेका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पार्टी सुदृढीकरणको विकल्प नरेको बताएका छन् ।

कार्यक्रममा जिल्ला सभापति शंकरप्रसाद डाँगी, लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुन, उपसभापति राजु खनाल, पूर्वसांसद अनिता देवकोटा, क्षेत्रीय सभापति भेषराज पाण्डे, नेता किरणकिशोर घिमिरे, अर्जुन योगी, प्रकाश सुवेदी, उपसभापति कमानसिं भारती, गिरीराज सुवेदी, बालिका लम्साल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कांग्रेसले विभिन्न नेताहरुलाई सम्मान पनि गरेको छ ।

Published : Friday, 2024 April 12, 8:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया