कांग्रेस नेता डा.शशांक कोइरालासहितका नेताहरू उत्तरप्रदेशमा, देवीपाटनको पूजा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले भारतको उत्तरप्रदेशको तुलसीपुरस्थित देवीपाटनको मन्दिरमा पूजा गरेका छन् ।
आइतबार बिहान दाङको कोइलाबास नाका हुँदै नेता कोइराला तुलसीपुर पुगेर देवीपाटनको पूजा गरेका हुन् । नेता डा.कोइरालासँगै केन्द्रीय सदस्यहरू दीपक गिरी, योगेन्द्र चौधरी, दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डे, नेता किरणकिशोर घिमिरे, महिला नेतृ गिरिजा न्यौपाने, नेता पवन आचार्य लगायतका नेताहरू तुलसीपुर पाटन पुगेका थिए ।
देवीपाटन मन्दिर मठका मठाधीश मिथिलेशकुमार नाथसँग पनि डा.कोइरालासहितका नेताहरूले भेटघाट गरेका छन् ।
तुलसीपुरको देवीपाटन मन्दिरमा दाङको घोराही उप–महानगरपालिका वडा नं. १७ चौघेरामा रहेको गोरक्ष रत्ननाथ मन्दिरबाट देउवा लैजाने परम्परा छ । देवीपाटन र गोरक्ष रत्ननाथ मन्दिरबीच पौराणिक सम्बन्ध रहेको छ । गोरक्ष रत्ननाथ बाबाको मूर्ति अर्थात् देउवालाई दुई दिन अगाडि देवीपाटन लगिएको छ ।
चौघेराको गोरक्ष रत्ननाथ मन्दिर र उत्तरप्रदेशको तुलसीपुरस्थित देवीपाटन मन्दिरको सदियौँ पुरानो सम्बन्ध रहेको छ । प्रत्येक वर्ष गोरक्ष रत्ननाथ बाबाको मन्दिरबाट देवता पाटन लैजाने गरिन्छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया