तेह्र जना एसपी र डीएसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका एक तह पदोन्नति भएका प्रशासनतर्फका ८ जना र प्राविधिकतर्फका ५ जना गरी जम्मा १३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले पदोन्नति भएकाहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
दर्ज्यानी चिन्ह पाउनेहरूमा प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादब ढकाल, सन्तोष तामाङ्ग, श्यामबाबु ओलिया, निरन्जनदत्त भट्ट, राजन लिम्बू, विनोद घिमिरे रहेका छन् ।
प्राविधिकतर्फका एसपी कमला लामाले पनि दर्ज्यानी चिन्ह पाएका छन् । प्रावधिकतर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएकी लक्ष्मी थापा, नितिन लाखे, चेतनारायण ज्ञवाली र सोमप्रसाद पंगेनी रहेका छन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया