वैदेशिक रोजगार विभागका लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको थियो ।

सेवाग्राहीबाट १५ हजार रुपियाँ घुस÷रिसवत लिइसकेको अवस्थामा अख्तियारले निरौलालाई नियन्त्रणमा लिइएको थियो ।

निरौलाले धरौटी रकम फिर्ता गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग १५ हजार रुपियाँ घुस÷रिसवत माग गरी लिएको पुष्टि भएपछि विशेष अदालतमा आरोप पत्र दायर भएको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसूर भएकोले निज प्रमोद निरौलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.१५,०००।– (पन्ध्र हजार रुपियाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2024 April 4, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया