ईन्स्पेक्टरबाट १९ जनाको डीएसपीमा बढुवा, महिला कति ?

काठमाडौं । बढुवा समितिको सचिवालयले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी नायव उपरीक्षक पदमा बढुवा गर्न सिफारिस गरेको छ ।

बुधबार समितिले जारी गरेको सूचनाअनुसार १९ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक पदमा बढुवा गर्न सिफारिस गरेको छ । महिला ईन्स्पेक्टरमा एक जना मात्रै डीएसपी बढुवामा परेकी छिन् । उनी हुन् शैलेश्वरी बोहरा । उनको घर डोटीको शिखर नगरपालिका हो । शैलेश्वरी इलाका प्रहरी कार्यालय मोतीपुर, बर्दियामा कार्यरत छिन् ।

ईन्स्पेक्टरबाट डीएसपी बढुवाको पहिलो नम्बरमा निर्मल पनेरु रहेका छन् । दोस्रोमा ऋषिराम घर्ती मगर र तेस्रोमा दीपक मल्ल छन् ।

डीएसपीमा बढुवा सिफारिस हुनेहरूमा धनबहादुर बोहरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नवीन पौडेल रहेका छन् ।

योगेन्द्र तिमिल्सिना उपाध्याय, पुरुषोत्तम कार्की, हिरेन्द्रबहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमल्सिना, भीषणबाबु राई, रुकबहादुर खड्का, रणबहादुर चन्द, राजन लामा र कमलकुमार खड्का पनि ईन्स्पेक्टरबाट डीएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

Published : Thursday, 2024 April 4, 10:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया