प्रहरी जवान जामुनको रुखमा मृत भेटिए

धनगढी । नेपाल प्रहरीका प्रहरी जवान सुरज बिकको शव झुण्डिएको अवस्थामा फेला परेका छन् ।
बुधवार साँझ धनगढी उपमहानगरपालिका–७ मा रहेको मनेहरा सामुदायिक वनमा बिक जामुनको रुखमा झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बताए ।
प्रहरी जवान बिक जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए । बिकको परिवार धनगढीमा बस्दै आएको थियो । प्रहरी जवान बिक बिदा थिए ।
दार्चुलाको शैल्यशिखर– ९ स्थायी घर भएका प्रहरी जवान बिक कैलालीको धनगढीमा मृत फेला परेका हुन् । उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।
Published : Thursday, 2024 April 4, 9:39 am
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया