बबाली गायक राजेशपायल राईसहित ३ जना पक्राउ

काठमाडौं । बेलाबेला बबाल गर्दै आएका गायक राजेशपायल राईलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ ।

बुधबार राति नयाँबानेश्वरको धोबीखोला, मदनभण्डारी कलेज नजिकै मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गायक राईसहित तीन जना छन् । गायक राई र उनका साथीहरूलाई प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको छ । गायक राईले बेलाबेला मदिरा सेवन गरेर बबाल गर्दै आएका छन् । उनका हर्कत र गतिबिधिबाट प्रहरी आजित बनेको छ ।

प्रहरीले बुधबार राति काठमाडौंबाट १७२ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूमध्ये धेरैलाई आफन्तको जिम्मा लगाइएको छ ।

Published : Thursday, 2024 April 4, 9:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया