प्रचण्डको राजनीतिक संरक्षणमा १५ वर्षदेखि बसेका शक्तिशाली मान्छे पक्राउ
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/04/Prachand-Kalibahadur-Kham.jpg?resize=810%2C510)
काठमाडौं । कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी माओवादीको जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका डिभिजन कमाण्डर कालीबहादुर खाम मगर ‘बिबिध’लाई प्रहरीले पक्राउ गरेको छ ।
५० वर्षीय कालीबहादुरलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले टोखा नगरपालिका वडा नं. ३ मा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको मंगलबार राति जारी विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका कालीबहादुर माओवादी केन्द्रका केन्द्रीय सदस्य पनि हुन् ।
कालीबहादुरको स्थायी ठेगाना रुकुम पूर्व जिल्लाको उत्तरगंगा गाउँपालिका वडा नं. ६ हुकाममा पर्छ । हाल मगर टोखा नगरपालिका वडा नं. ३ मा बस्दै आएका थिए ।
२०६५ वैशाख २८ गते राति ८ बजेको समयमा जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका डिभिजन कमाण्डर कालीबहादुर समेतले काठमाडौं महानगरपालिका वडा नं. ३५ कोटेश्वर बस्ने रामहरि श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको अभियोग लागेको छ ।
कालीबहादुर र उनको समूहले रामहरि श्रेष्ठको हत्या गरे पश्चात चितवनको तत्कालीन दाहाखानी गाविस वडा नं. ९ त्रिशूली नदीमा फालेर फरार भएका थिए । रामहरि श्रेष्ठको हत्या भएपछि काठमाडौंमा ठूलो आन्दोलन भएको थियो । आन्दोलन हुँदा पनि कारबाहीबाट बचेका कालीबहादुर १५ वर्षपछि पक्राउ परेका छन् ।
रामहरि श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले श्रीमानलाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी २०६५ जेठ ३ गते जिल्ला प्रहरी कार्यालय, चितवनमा दिएकी थिइन् ।
कालीबहादुर सहितको समूहलाई खोजतलास गर्ने क्रममा कालीबहादुरलाई प्रहरी टोलीले टोखामा पक्राउ गरेको छ । पक्राउ गरेपछि थप अनुसन्धानको लागि कालीबहादुरलाई जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।
कालीबहादुर खाम विभिन्न अपराधमा संलग्न रहेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
२०६७ साउन १६ गते काठमाडौंको गंगबुमा रहेको कालीबहादुरको डेरा कोठामा महानगरिय प्रहरी परिसर, काठमाडौं हनुमानढोकाको टोलीले खानतलासी गरेको थियो ।
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/04/Kalibahadur-Kham-Magar-Mao.jpg?resize=810%2C578&ssl=1)
कालीबहादुरको कोठाबाट विभिन्न किसिमका गोली राउण्ड १० फेला परेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
२०७१ साउन १ गते मनाङ जिल्लाको तत्कालीन धारापानी गाविस– ५ स्थित सडकमा कालीबहादुरको ग २ च ३०१ नम्बरको बलेरो जीपलाई प्रहरीले चेकजाँच गरेको थियो ।
चेकजाँच गर्ने क्रममा एके४७ राईफल थान १, त्यसको गोली १८ थान, चाईनिज पेस्टोल थान १, त्यसैको म्याग्जिन थान १, गोली थान ७, नं. नखुलेको कटुवा पेस्तोल थान १, पेस्तोलको गोली राउण्ड ७, खोका थान १, समेत बरामद गरेको थियो ।
हतियारसहित मनाङ प्रहरीले संगम रोक्का ‘बिकल्प’लाई पक्राउ गरेको थियो । उक्त मुद्धामा कालीबहादुर समेत ८ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय मनाङको प्रहरी प्रतिवेदनमा उल्लेख रहेको विज्ञप्तिमार्फत काठमाडौं प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक संरक्षणमा अपराधहरूमा सजाय पाउनबाट बच्दै आएका कालीबहादुर खामलाई लामो समयपछि प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ ।
प्रधानमन्त्री भए पनि दाहालले कालीबहादुरलाई हत्याको आरोपबाट बचाउन सकेनन् । कालीबहादुरले अब हत्या, अबैध हतियार बोकेर हिँड्को लगायतका कर्तुतहरूमा सजाय पाउनेछन् ।
प्रधानमन्त्री भए पनि निकै कमजोर अवस्थामा रहेका दाहालले कथित जनयुद्धका बेला साथ दिएर पटक पटक प्रधानमन्त्रीको पदमा पु¥याउन भूमिका खेलेका नेता कार्यकर्तालाई संरक्षण गर्न नसकेको भनेर आरोपहरू लागेका बेला धमाधम माओवादीका नेताहरू पक्राउ परिरहेका छन् ।
तत्कालीन समयमा चर्चित मानिने जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका डिभिजन कमाण्डर कालीबहादुरलाई पनि प्रधानमन्त्री दाहालले गुमाएका छन् । कालीबहादुर प्रधानमन्त्री दाहालले निक विश्वास र मन पराउने माओवादी नेतामा पर्छन् ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया