लुम्बिनीमा कांग्रेसको सरकार बच्न सक्ने सम्भावना, २२ गते फैसला

देउखुरी । नेपाली कांग्रेस नेतृत्वको लुम्बिनी प्रदेश सरकारले चैत २२ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएको छ ।

चैत २२ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सभा बैठकबाट विश्वासको मत लिनेछन् । प्रदेश सभाको बैठकका लागि लुम्बिनी सरकारले चैत २२ गतेका लागि प्रदेश सभा बैठक आह्वान गरेको छ ।

माओवादी केन्द्र, एमाले लगायतका दलहरूको गठबन्धन निर्माण भएपछि लुम्बिनी प्रदेश सरकारमा पनि असर परेको छ ।

माओवादीले सरकार छोडेपछि मुख्यमन्त्री चौधरीलाई विश्वासको मत लिने संवैधानिक बाध्यता आइपरेको छ ।

लुम्बिनी प्रदेश सभा ८६ सदस्यीय रहेको छ । मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउने ४४ सदस्यको समर्थन आवश्यक पर्छ ।

लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसका २७ सदस्य छन् । कांग्रेस सहित सरकारमा रहेको नागरिक उन्मुक्तिका ४, सरकारमै रहेका जनता समाजवादी पार्टी नेपाल (जसपा)का ३, लोकतान्त्रिक समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ र सरकारको समर्थनमा रहेको राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । मुख्यमन्त्रीका लागि राप्रपाको ३ सदस्यको समर्थन पनि आवश्यक पर्छ ।

जसपाले लुम्बिनी सरकारमा के गर्छ भन्नेमा विभिन्न खड्कलबाजी गरिएका छन् । जसपाले केन्द्रको नीतिलाई अनुसरण गर्दा लुम्बिनी सरकार बच्ने सम्भावना कम हुन्छ ।

आन्तरिक विवादमा रहेको नागरिक उन्मुक्ति पार्टीको भूमिकालाई लिएर विभिन्न चर्चा छन् । नाउपाले पनि समर्थन कायम राख्नुपर्छ ।

Published : Tuesday, 2024 April 2, 6:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया