भक्तपुरको रुद्राक्ष होटलमा प्रहरी छापा, ६ लाखसहित २० जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा होटल संचालकसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चाँगुनारायण नगरपालिका–५ त्रिशुलडाँडास्थित सोही नगरपालिका–४ बस्ने ४१ वर्षीय रेलकुमार तामाङको रुद्राक्ष होटलमा प्रहरीले छापामारेको विज्ञप्तिमार्फत जनाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा होटल संचालक तामाङ समेत २० जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ७ हजार ५ सय रूपियाँ र ६ बुक ताससहित पक्राउ गरेको छ ।

Published : Tuesday, 2024 April 2, 3:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया