महत्वपूर्ण मन्त्रालय बाहेक धेरै सचिवहरूको सरुवा

काठमाडौं । सरकारले विभिन्न मन्त्रालयहरूका सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

सरकारले वित्त आयोगका सचिव कृष्ण राउतको सरुवा गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मालाई सरुवा गरिएको छ ।

जल तथा ऊर्जा आयोग, आयोगकी सचिव सरिता दवाडीको ऊर्जा मन्त्रालयमा सरुवा भएको छ ।

उपराष्ट्रपति कार्यालयका मधुसूदन बुर्लाकोटीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत जनसंख्या प्रशासन हेर्ने जिम्मेवारीमा सरुवा भएको छ ।

सरकारले अधिकांश सचिवको सरुवा गरेको छ । पत्र केहीलाई मात्र दिइएको छ । उद्योग सचिव मुकुन्द निरौलाको उपराष्ट्रपति कार्यालयमा सरुवा भएको छ ।

सरकारले गृह, अर्थ, रक्षा, सहरी विकास, राष्ट्रपति कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवहरूलाई चलाएको छैन ।

Published : Monday, 2024 April 1, 8:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया