एमालेका विद्यार्थी नेताहरूले र माओवादीका विद्यार्थी नेताहरूलाई काठमाडौं मै भक्कुरे

काठमाडौं । सत्तारुढ एमाले र नेकपा (माओवादी केन्द्र)का विद्यार्थी संगठनबीच भलिबल खेल्ने क्रममा विवाद हुँदा काठमाडौंमा झडप भएका छन् ।

आइतबार साँझ काठमाडौंको लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल)मा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीबीच झडप भएको छ । झडपमा दुईजना घाइते भएका छन् ।

झडपमा अखिल क्रान्तिकारीका अस्कल क्याम्पसका इकाइ कमिटी अध्यक्ष जितेन्द्र भण्डारी र उपाध्यक्ष विश्राम शर्मा घाइते भएका छन् ।

उनीहरूलाई चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताएका छन् । भण्डारीको मुख र नाकमा चोट लागेको छ । शर्माको बाँया हातको बुढी औंलामा चोट लागेको छ ।

उनीहरूलाई कुटपिट गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेले एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु अस्कल क्याम्पस इकाइ कमिटी अध्यक्ष पंकज पाण्डे र अस्कल इकाइ कमिटीका सदस्य गणेश शाहीलाई पक्राउ गरेको छ ।

शाही जुम्लाका हुन् भने पाण्डे कन्चनपुरका हुन् । दुवै जना क्याम्पसकै होस्टलमा बस्दै आएका थिए । कुटपिट गरेको आरोप लागेका एक व्यक्ति भने फरार छन् । फरार हुनेमा खेम सिंह रहेका छन् ।

Published : Monday, 2024 April 1, 2:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया