कारबाहीको मागसहित मुख्य न्यायाधीश थापाविरुद्ध न्याय परिषदमा उजुरी

काठमाडौं । डम्बरबहादुर शाहीले उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापाविरुद्ध न्याय परिषदमा उजुरी दर्ता गराएका छन् ।

न्यायाधीश थापाविरुद्ध दुई वर्षअघि भएको स्थानीय तह निर्वाचनमा हत्या गरिएका पञ्चदेवल विनायक नगरपालिका– ४ का मृतक विनोद शाहीका दाइ डम्मरबहादुरले उजुरी दिएका हुन् ।

मुद्दाको सुनुवाइ हुनुअघि निर्धारित समयभित्र वादी र पीडितका तर्फबाट पेसी स्थगित गरिदिन अनुरोध गरिएकामा मुख्य न्यायाधीश थापाले प्रतिवादीलाई राहत पुग्ने गरी मुद्दा सुनुवाइ गरेर आदेश दिएकाले उनलाई कारबाही गरिदिन उजुरीमा आग्रह गरिएको छ ।

शाहीको ज्यान मुद्दा हाल अछाम जिल्ला अदालतमा विचाराधीन रहेकै अवस्थामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका अभियुक्त दानमती शाहीलाई उच्च अदालत दिपायलले गत १४ फागुनमा धरौटीमा छोड्न आदेश दिएको थियो ।

Published : Monday, 2024 April 1, 1:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया