गृहमन्त्री लामिछानेले डिएसपीबाट एसपी बढुवामा भाँडभैलो गरेपछि संसदमा कांग्रेसले कुरा उठायो

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले डिएसपीबाट एसपीमा बढुवा सिफारिस गर्ने सरकारको निर्णय खोटपूर्ण रहेको भन्दै विरोध गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समय लिएर बोल्दै सांसद केसीले भने, ‘हालै नेपाल प्रहरीका १२ जना डिएसपीबाट ८ जना एसपीको बढुवा हुँदा बरिष्ठतम् १ र ६ लाई पाखापार्दै सत्ता गठबन्धन सिण्डिकेटको नियोजित अन्यायबाट सरकारको सुशासनको नाङ्गो धज्जी उडेको छ ।’

‘भनाइ र गराइमा ठूलो विषमता देखाएको छ’, उनले भने, ‘राज्यको विधि पालना र दण्ड व्यवस्थापनमा करुण वा क्षमाको बहानामा दण्डनीय कसूरलाई उन्मुक्ति दिने व्याप्त भ्रष्टाचार जन्य अपराध र विधि विहीनतालाई करुणाको जामामा चोखिने र चोख्याउँदै जाने हालको गतिविधिले भ्रष्टाचारको दुष्चक्रबाट उन्मुक्ति र सुशानको नारा केवल झुठको पुलिन्दा हुँदैछ ।’

सांसद केसीले भने, ‘खर्बौं भ्रष्टाचार, एनसेल र सुन काण्डको प्रतिवेदन अहिलेसम्म किन आएन तुरुन्त सदनमा प्रस्तुत होस् ।’

गृहमन्त्री रवि लामिछानेले डिएसपीबाट एसपीमा बढुवा गर्न सिफारिस गरेका केही डिएसपीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीका पूर्व सुरक्षा अङ्गहरू छन् । कतिपय डिएसपी काबिल हुँदाहुँदै गृहमन्त्री लामिछानेले छुटाएका छन् । ईन्स्पेक्टरबाट डिएसपी बढुवामा पहिलो नम्बरमा परेका डिएसपीलाई लामिछानेले बढुवामै छुटाएका छन् ।

Published : Monday, 2024 April 1, 12:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया