महाराजगञ्ज २ का वडाध्यक्ष अली घुसको रकमसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु जिल्लामा वडाध्यक्ष उजेर अलीलाई घुसको रकमसहित पक्राउ गरेको छ ।

महाराजगञ्ज नगरपालिका वडा नं. २ का वडाध्यक्ष अलीलाई आइतबार घुसको रकम लिदालिदैको अवस्थामा रङ्गेहात पक्राउ गरिएको आयोगद्वारा विज्ञप्तिमा उल्लेख छ ।

वडाध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारले टोली खटाइ पक्राउ गरेको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिइ गएको टोलीले वडाध्यक्ष अलीलाई सेवाग्राहीबाट १५ हजार रुपियाँ घुस÷रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यकक्षबाट आइतबार नियन्त्रणमा लिएको थियो ।

Published : Monday, 2024 April 1, 11:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया