मंगलादेवी सिंहसँग काम गरेका महिला नेतृहरूलाई सभापति देउवाद्वारा सम्मान

काठमाडौं । नेपाल महिला संघकी संस्थापक अध्यक्ष स्व.मंगलादेवी सिंहसँगै संगठनमा काम गरेका महिला नेतृहरूलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मान गरेका छन् ।

आइतबार काठमाडौंमा विशेष कार्यक्रम गरेर स्व.मंगलादेवी सिंह फाउण्डेसनले महिला नेतृहरूलाई सम्मान गरेको फाउण्डेसनकी अध्यक्ष सिर्जना सिंहले बताएकी छिन् ।

सभापति देउवाले फाउण्डेसनका तर्फबाट महिला नेतृहरूलाई दोसल्ला ओढाउनुका साथै प्रमाणपत्र र नगदसहित सम्मान गरेका छन् ।

कार्यक्रममा लीला कोइराला (धनुषा), लक्ष्मी राई (भोजपुर), अञ्जु बस्नेत (दोलखा), कृष्ण अमात्य (काठमाडौं), चिनीहिरा शाक्य रञ्जित (काठमाडौं), सीता दाहाल (संखुवासभा), धनी श्रेष्ठ (सर्लाह), शारदा बैद्य (कास्की), शान्ता शर्मा (कञ्चनपुर), सोना भण्डारी (काठमाडौं), शशि रिमाल (काठमाडौं), सची रिमाल (काठमाडौं), विष्णुदेवी पुडासैनी (काठमाडौं)लाई सभापति देउवाले सम्मानित गरेका छन् ।

सम्मानित भएका उनीहरू मंगलादेवी सिंहसँग एउटै संगठनमा सँगै रहेर काम गरेका हुन् ।

फाउण्डेसनले सम्मानित भएका महिला नेतृहरूलाई नगद १५ हजार, दोसल्ला र सम्मान पत्र प्रदान गरिएको छ ।

Published : Sunday, 2024 March 31, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया