महिलाहरूले अधिकार माग्दा घर बिगारी भनेर आक्षेप लगाउने गर्थे : अध्यक्ष राउत

काठमाडौं । नेपाल महिला संघकी अध्यक्ष उषा राउतले स्व.मंगलादेवी सिंहले महिला आन्दोलनमा गरेको योगदानको कदर गरिएको बताएकी छिन् ।
स्व.मंगलादेवी सिंह फाउण्डेसनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष राउतले स्व.मंगलादेवी सिंहले उठाएको महिलाहरूको मुक्ति, महिला अधिकार, शिक्षा, चेतना, आवाजलाई संघले अगाडि बढाउने बताइन् ।
महिलाले अधिकार माग गर्दा घर बिगारी भनेर आक्षेप लगाएको अध्यक्ष राउतले स्मरण गरेकी छिन् ।
कांग्रेस नेतृ लक्ष्मी राईले मानिसमा शक्ति रहेको भन्दै दत्तचित्त भएर लाग्नुपर्ने बताइन् । उनले कांग्रेसलाई ठूलो पार्टी बनाउने भनेर संकल्प गरियो भने कांग्रेस ठूलो पार्टी हुने बताइन् ।
नेतृ राईले कांग्रेसले दुईतिहाई बहुमत लिएको इमेजिङ गर्नुपर्ने बताइन् । उनले कांग्रेसलाई ठूलो पार्टी बनाउनुपर्ने बताइन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया