डेमोक्रेसी बलियो बनाउन पुरुष सरह आन्दोलन गर्ने भनेर सिकाएकाे मंगलादेवी सिंहले हो : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले डेमोक्रेसीलाई बलियो बनाउन पुरुष सरह आन्दोलन गर्नुपर्ने कुरा मंगलादेवी सिंहले सिकाएको बताएका छन् ।

आइतबार काठमाडौंमा स्व.मंगला सिंह फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘उहाँको जीवनबाट सिक्ने कुरा ।

मंगलादेवी सिंहले जुन कुरा सुरु गर्नुभयो निरन्तर रुपमा अन्तिम समयसम्म निरन्तरता दिनुभयो । त्यो एउटा विशेषता हो ।’

स्व.मंगलादेवी सिंहका छोरा समेत रहेका नेता सिंहले नीति निर्माण भइसकेको अवस्थामा अहिले महिलाहरूलाई कति गाह्रो छभने त्यो बेला बिक्रम संवत १९९७ सालदेखि २००४ सालमा नेपाल महिला संघ गठन गर्दा कस्तो अवस्थामा गर्नुभयो होला भनेर स्मरण गरेका छन् ।

नेपाली कांग्रेस काठमाडौंका सभापति सुबुजकृष्ण बानियाँले कहिल्यै पनि पार्टीले कसलाई कसरी व्यवस्थापन गर्नुपर्छ र कुन ठाउँमा उभ्याउँदा त्यसको व्यवस्थापन हुन्छ भनेर भागबण्डाको रुपमा लिने व्यवस्था गर्ने कुरा नभएको बताए ।

उनले भने, ‘मेरा र तेरा र अर्काको कसलाई दिँदा ठीक छ ? कसलाई दिँदा अफ्ठ्यारो हुन्छ ? बिरोधाभास काँधमा लिँदैन, कसरी सन्तुलन गरिन्छ ? कसरी सन्तुलनको यात्रा मात्रै तयर गरिन्छ भनेर लिएको हो कि भनेर मेरो बुझाइको कमी होला ।’

Published : Sunday, 2024 March 31, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया