उपनिर्वाचन र सहकारी ठगीका विषयमा निर्णय गर्न कांग्रेसले बोलायो बैठक

काठमाडौं । सहकारी ठगी प्रकरण र उपनिर्वाचन लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय सम्पादन समितिको बैठक बोलाएको छ ।
कांग्रेसले चैत २० गते मंगलबार दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको हो । बैठक सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा बस्नेछ ।
केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले इलामको प्रतिनिधि सभा र बुझाङको प्रदेश सभाको उपनिर्वाचनमा कसलाई टिकट दिने भन्ने विषयमा छलफल गर्नेछ ।
कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेर ठगी गरेको विषयमा संसदीय छानविन समितिको माग गर्दै आएको छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया