सभापति देउवाले काठमाडौं २ को क्षेत्रीय सम्मेलनको उदघाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनको उदघाटन गर्ने भएका छन् ।
काठमाडौं क्षेत्र नं. २ को चैत २४ र २५ गतेको बृहत क्षेत्रीय सम्मेलन हुन लागेको छ । सम्मेलनको सभापति देउवाले उदघाटन गर्ने कार्यक्रम रहेको नेपाल तरुण दलका केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलले बताएका छन् ।
कांग्रेसका क्षेत्रीय समितिहरूले धमाधम देशभरि सम्मेलनहरू गरिरहेका छन् । कम्युनिस्टहरूले निकै उथलपुथल गर्न लागेका बेला कांग्रेसले संगठन बलियो बनाउने गरी सम्मेलन लगायतका गतिविधि गरिरहेको छ ।
केही दिन अगाडि सभापति देउवा दाङको लमही नगरपालिका वडा नं. ९ अमिलियामा स्व.खुमबहादुर खड्काको पूर्णकदको सालिकलाई अनावरण गरेर काठमाडौं फर्किएका छन् ।
Published : Sunday, 2024 March 31, 11:05 am
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया