किसुनजी हाफ म्याराथनमा पुष्पा र विजय पहिलो

काठमाडौं । तेस्रो किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा विजय रावत र पुष्पा भण्डारी पहिलो भएका छन् ।

शनिबार भएको प्रतियोगितामा विजय पुरुष तथा पुष्पा महिलामा पहिलो भएका हुन् । विजयले निर्धारित दूरी १ घन्टा ७ मिनेट ५६ सेकेन्डमा पूरा गरेका छन् ।

१३औँ सागको म्याराथनका स्वर्ण विजेता किरणसिंह बोगटी १ घण्टा ८ मिनेट २५ सेकेन्डका साथ दोस्रो भए ।

हङकङमा भएको तेस्रो एसियाली युथ (यु–२०) एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडका स्वर्ण विजेता अजितकुमार यादव १ घण्टा ११ मिनेट ३३ सेकेन्डमा तेस्रो भएका छन् । महिला दौडमा पुष्पाले निर्धारित दूरी १ घण्टा २३ मिनेट ०५ सेकेन्डमा तय गरिन् ।

दोस्रो स्थानमा रहेकी राममाया बुढाले १ घण्टा ३३ मिनेट १२ सेकेन्ड समय निकालिन् । १ घण्टा ३५ मिनेट ४४ सेकेन्डमा शुशान कार्की तेस्रो भइन् । पुरुष र महिला दुवैमा शीर्षमा रहेका खेलाडीले ७५ हजार रुपियाँ हात पारे । दोस्रोले ५० हजार र २५ हजार रुपियाँ पाए ।

पुरुष ५ किलोमिटर दौडमा धनुवा नन्द १८ मिनेट ०९.१० सेकेन्ड समयसाथ पहिलो स्थानमा रहे । विकेश घिमिरे (१८ मिनेट ३९.२६ सेकेन्ड) दोस्रो तथा नकुल घर्ती (१८ मिनेट ४३.५६ सेकेन्ड) तेस्रो भए । सो स्पर्धाको महिलामा निर्धारित दूरी २६ मिनेट ०७.३० सेकेन्डमा सकाउँदै शर्मिला बस्नेत पहिलो भएकी छिन् ।

Published : Sunday, 2024 March 31, 10:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया