एमालेका नेता रायमाझी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमालेका पूर्वसचिव टोपबहादुर रायमाझी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा सुधार आएपछि शुक्रबार साँझ रायमाझीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । रायमाझीलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गरिएको थियो ।

पूर्वमन्त्री समेत रहेका रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा.चन्द्रमणि पौडेलले बताएका छन् ।

रायमाझीको स्वास्थ्यस्थितिको ४८ घण्टा अब्जर्भ गरिएको थियो । मुटुको चाल विस्तारै सामान्य भएको डा.पौडेलले बताए । मुटुको चाल कम भएपछि नेता रायमाझीलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।

सुन तस्करी प्रकरणमा माओवादीका नेता कृष्णबहादुर महरालाई गृहमन्त्री रवि लामिछानेले राज्यको करुणा हुने भन्दै हाजिरी जमानीमा छाडिदिएका छन् ।

मुटुको बिरामी रहेका एमालेका नेता रायमाझीलाई पनि करुणा देखाएर हाजिरी जमानीमा छाड्न सामाजिक सञ्जालमा व्याङ्गात्मक सुझाव आएका छन् ।

Published : Saturday, 2024 March 30, 7:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया