गृहमन्त्री लामिछानेप्रति लक्षित गरेर केसीले भने, ‘सहकारी ठगलाई सरकारको संरक्षण’

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरूलाई सरकारले संरक्षण गरिरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजति कार्यक्रममा केसीले अहिले देशव्यापी रुपमा सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको बताए ।
गृहमन्त्री रवि लामिछाने सहकारीको करोडौं रकम ठगी प्रकरणमा मुछिदा पनि कारबाही हुन सकेको छैन । कांग्रेसले लामिछानेबाट सहकारीको करोडौं रकम अपचलन भएको विषयमा संसदीय छानविन समितिको माग गर्दै आएको छ ।
राष्ट्रिय परिस्थिति दिनप्रतिदिन चुनौतितर्फ अघि बढिरहेको कांग्रेस नेता केसीले बताएका छन् ।
उनले जनतामा निराशा र असन्तुष्टि आइरहेको भन्दै बिस्तारै समाज विद्रोह र अराजकतातिर उन्मुख भइरहेको बताए ।
केसीले भने, ‘अहिले देशव्यापी रुपबाट सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको छ । राज्य त्यसलाई संरक्षण गर्ने, कारबाही भन्दा संरक्षण गर्नेतिर लागेको छ ।’
‘यो किसिमको परिस्थितिमा यो संस्था, जुन संस्थामा हामी सबै आवद्ध छौँ’, केसीले भने, ‘यसलाई एकदम निष्कलंक बनाउँदै एउटा लक्ष्यमा पुग्नुपर्छ ।’
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया