करणी गरेको अभियोगमा दाङ र तनहुँबाट दुई जना पक्राउ
काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा दाङ र तनहुँबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
तनहुँमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका–१० डिगाउँ बस्ने लमजुङको मध्यनेपाल नगरपालिका–१ जितबेसी घर भएका ३० वर्षीय रघु बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
बिकले ती किशोरीलाई ब्यास नगरपालिका–४ स्थित होटलमा लगेर सोमबार जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।
पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले बिकलाई पक्राउ गरेको हो ।
उता, दाङमा ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१६ बस्ने ५२ वर्षीय गोपाल बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
बिकले ती महिलालाई मंगलबार जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई घोराही उपमहानगरपालिका–१६ लमडरूवाबाट पक्राउ गरेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया