खुमबहादुरलाई झुटा आरोप लगाएर फसाए, व्यक्तित्वमा कुनै असर परेन : सभापति देउवा

लमही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व.खुमबहादुर खड्का एक असल नेता भएको बताएका छन् ।

शुक्रबार दाङको अमिलियामा स्व.खुमबहादुर खड्काको सालिकको अनावरण गर्दै देउवाले प्रजातन्त्रका बेला दुई जनासँगै जेल परेको स्मरण गरे । ‘खुमबहादुरलाई झुटा आरोप लगाएर फसाउन खोजियो र फसाए पनि,’ देउवाले भने, ‘तर, पनि उहाँको व्यक्तित्वमा कुनै असर परेन ।’

उनले भने, ‘झनै पार्टीपंक्ति र कार्यकर्तामाझ उहाँको प्रभाव बढेर गयो ।’ खड्का जनताको हितका लागि जस्तोसुकै कदम उठाउन पनि पछि नपर्ने व्यक्ति भएको सभपाति देउवाले बताएका छन् ।

उनले भने, ‘खुमबहादुर ठूलो हिम्मतका साथ अडान राख्ने व्यक्ति हो । प्रजातन्त्र र साथीभाइका जायज कामका लागि जस्तोसुकै कष्ट उठाउन तयार हुने व्यक्ति पनि हो ।’

देउवाले तत्कालीन अवस्थामा खुमबहादुर खड्कालाई झूठो मुद्दा लगाएर फसाउन खोजिएको बताए । उनले देशका लागि काम गर्न खोज्दा खड्कामाथि झूठो मुद्दा लगाएर फसाउन खोजिएको बताए ।
खड्काले छाडेर गएका बाँकी कामलाई पूरा गर्ने दायित्व कांग्रेसजनको भएको देउवाको भनाइ छ ।

खड्काको भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा २०७४ साल चैत्र १६ गते निधन भएको थियो ।

Published : Friday, 2024 March 29, 7:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया