कपन क्षेत्रका टोले गुण्डा हतियारसहित पक्राउ

काठमाडौं । प्रहरीले कपन क्षेत्रमा गुण्डागर्दी गर्दै आएका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई पक्राउ गरेको छ ।

गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा प्रहरीले लिम्बूलाई शुक्रबार सरस्वती नगरबाट पक्राउ गरेको जनाएको छ ।

लिम्बूको साथबाट प्रहरीले अवैध हातहतियार नियन्त्रण लिएको छ । उनले कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय, त्रास सृजना गर्दै आएको आरोप प्रहरीले लगाएको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ९ घर भएका लिम्बू हाल काठमाडौं महानगरपालिका वडा नं. ६ सरस्वती नगरमा बस्दै आएका थिए ।

लिम्बूको घरमा खोजतलास गर्दा कटुवा पेस्तोल थान – १, धारिलो चक्कु थान – २, फलामको हम्बर थान – १, मोबाईल थान – २ बरामद भएको छ ।

Published : Friday, 2024 March 29, 11:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया