आलोचना सहन नसकेर शिक्षामन्त्री सुमनाले नेतृ रञ्जुलाई ब्लक गरिन्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले रञ्जु दर्शनालाई सामाजिक सञ्जालमा ब्लक गरेकी छिन् ।

काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेकी राजनीतिककर्मी दर्शनालाई मन्त्री श्रेष्ठले ट्विटर (एक्स)मा ब्लक गरेकी हुन् ।

नेतृ दर्शनाले ट्विटरमा लेखेकी छिन्, ‘जान्नेलाई छान्ने । प्रश्न सुन्न नसकेर पुच्छर लुकाएर भाग्ने । जय घण्टा ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ समेत रहेकी मन्त्री श्रेष्ठले आफ्ना आलोचकहरूको आलोचना सहन नसकेर सामाजिक सञ्जालमा ब्लक गरेकी छिन् ।

रास्वपाका नेताहरूले सस्तो लोकप्रियताका लागि गतिविधि गर्दै आएका छन् । कसैले उनीहरूको आलोचना गर्दा निकै कठोर रुपमा प्रस्तुत हुने गरेका छन् ।

Published : Friday, 2024 March 29, 10:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया