पाँचथरकी अञ्जु लिम्बुको शव ललितपुरमा भेटियो

काठमाडौं । ललितपुर जिल्लामा को महालक्ष्मीस्थानमा ३४ वर्षीया अञ्जु लिम्बुको शव भेटिएको छ ।
पाँचथरको फाल्गुनन्द नगरपालिका–३ घर भएकी लिम्बुको शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
लिम्बु आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी थिइन् । लिम्बु एकान्तकुनास्थित रामेछाप भोजनालयमा काम गर्दै आएकी थिइन् ।
डेरामा मदिराको बोतल पनि फेला परेको छ । लिम्बु शुक्रबारदेखि काममा गएकी थिइनन् ।
ललितपुर प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । लिम्बुको कालगतीले मृत्यु भएको हो वा हत्या भएको हो भन्ने विषयमा पोष्टमार्टमको रिपोर्ट आएपछि विस्तृत जानकारी गराउने प्रहरीले जनाएको छ ।
Published : Thursday, 2024 March 28, 8:15 am
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया