गालीगलौज खप्न नसकेर रुपन्देहीमा उजेलीको हत्या

भैरहवा । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले रुपन्देही जिल्लाबाट २९ वर्षीय प्रभुनाथ थारूलाई पक्राउ गरेको छ ।

सुद्धोधन गाउँपालिका–६ वेलहिया घर भई सियारी गाउँपालिका–७ राम जानकी चोक डेरा गरी बस्ने ७० वर्षीया उजेली लोधको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सियारी गाउँपालिका–७ अमुवा बस्ने थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उजेलीलाई सुतेको अवस्थामा अपरिचित व्यक्तिले फलामको हतौडा प्रहार गर्दा बेहोस भई उपचारको लागि भीम अस्पताल भैरहवा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले घटनामा संलग्न प्रभुनाथलाई उनकै घरबाट पक्राउ गरेको हो ।

मृतकले गालीगलौज गर्ने गरेको र रिसको आबेगमा प्रभुनाथले हतौडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

Published : Wednesday, 2024 March 27, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया