प्रधानमन्त्री र गृहमन्त्रीको अनुमति लिएर महरालाई पक्राउ गरेका हौँ : आइजीपी कुँवर
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/03/Meeting.jpg?resize=810%2C407)
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पीएसओ र गाडी छोडेर हिँडेपछि पक्राउ गरिएको बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कुँवरले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि छलफल गरेर नै उहाँ (महरा)लाई पक्राउ गरेका हौँ ।’
‘अदालतले स्वास्थ्य अवस्था हेरेर अस्पतालमै राखेर अनुसन्धान गर्न आदेश दिएकाले सोही अनुसार अनुसन्धान भइरहेको छ’, आइजीपी कुँवरले भने ।
कुँवरले स्वास्थ्य अवस्थाले हिरासतमा अप्रिय घटना नहोस् भनेर महरालाई हिरासत बाहिर राखेर अनुसन्धान गर्नुपरेको बताएका छन् ।
सुन तस्करी प्रकरणमा मुछिएका माओवादीका उपाध्यक्ष महरालाई गृहमन्त्री रवि लामिछानेको आदेशमा सीआइबीका निर्देशक (एआईजी) श्यामलाल ज्ञवालीले कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याएका थिए । पछि प्रहरीले हाजिरी जमानीमा महरालाई छाडेको थियो ।
गृहमन्त्री लामिछानेले महराप्रति सहानुभूति देखाउँदै राज्यमा समवेदनहीन नरहेको भनेर बचाउ गरेका थिए ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया