प्रहरीको विशेष काम, सोह्रखुट्टेमा पाँच विदेशी नागरिकहरू पक्राउ

काठमाडौं । गैर कानूनी तवरले बसिरहेका पाँच जना बंगलादेशी नागरिकलाई प्रहरीले काठमाडौंमा नियन्त्रणमा लिएको छ ।

भिसा अवधि समाप्त पश्चात गैर कानूनी तवरले बसिरहेका ५ जना बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको विज्ञप्तिमार्फत जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले बंगलादेशी नागरिकहरू २६ वर्षीय एमडि रिफत अहमद, २३ वर्षीय एमडि अबदुल्ला, ४५ वर्षीय एमडि समसुयल होडा, ३० वर्षीय अबदुल विश्वास र ३६ वर्षीय एमडि मासुम मियालाई नियन्त्रणमा लिएको छ ।

बंगलादेशी नागरिकहरू विभिन्न मितिमा नेपाल प्रवेश गरि गैरकानूनी ढंगले काठमाडौंको सोह्रखुट्टे क्षेत्रमा बसोबास गर्नुको साथै शंकास्पद गतिविधिहरूमा संलग्न रहेको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूलाई काठमाडौं सोह्रखुट्टेबाट नियन्त्रणमा लिएको थियो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौंमा पठाइएको छ ।

Published : Tuesday, 2024 March 26, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया